गीताको नेतृत्वमा राष्ट्रिय सौन्दर्यकर्मी

असल शासन प्रतिनिधि

नेपालगन्ज–राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालगन्ज उपमहानगरपालिका नगर कमिटी अध्यक्षता गीता भण्डारी निर्विरोध निर्वाचित भएकी छिन् । बुधबार नेपालगन्जमा सम्पन्न युनियनको प्रथम अधिवेशनबाट भण्डारीको अध्यक्षतामा ११ सदस्सीय नगर कार्यसमिति गठन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी चौधरी, सचिवमा ममता गुरुङ, सहसचिवमा सुनिता राना, आर्थिक सचिवमा लक्ष्मी सापकोटा रहेका छन् । यसैगरी सदस्यमा क्रमशः टीका भट्टराई ,संगीता आरसी, लिसार दलार्मी, बसन्ती भण्डारी, गोमा गुरुङ र लक्ष्मी चौधरी(वि) निर्वाचित भएका छन् ।

  • २१ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech