बढैयाताल गाउँपालिकामा हेल्प डेस्क

असल शासन प्रतिनिधि

नेपालगन्ज–सेवाग्राहीलाई सहायता प्रदान गर्ने उद्देश्यले बर्दियाको बढैयाताल गाउँपालिकामा नागरिक सहायता कक्ष (हेल्पडेस्क) स्थापना गरिएको छ ।
बढैयाताल गाउँपालिकाको सहकार्यमा बासले स्थापना गरेको हेल्प डेस्कको बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष दीपा गौतमले संयुक्त रूपमा रिवन काटेर उद्घाटन गरेका थिए ।


नागरिक सहायता कक्षको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले गाउँपालिकामा आउने सेवाग्राहीलाई नजानेको कुरामा सहयोग गर्ने र हरेक काममा सरल तरिकाले सहायता प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले हेल्प डेस्क सञ्चालनमा ल्याएको बताए ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको विशेष उपस्थिति रहेको थियो भने यातायात व्यवस्था कार्यालयका प्रमुख पूर्णबहादुर खत्री र हुलाकी सडक डिभिजन कार्यालयका प्रमुख गागलबहादुर भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

  • २१ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech