मोटर साइकल चोरी

असल शासन प्रतिनिधि

नेपालगन्ज–बुधबार राति करिब ११ बजेर ३० मिनेटमा मोटरसाइकल चोरी भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ बिसम्भरपुरबाट भे१०प३४८७ नम्बरको होन्डा साइन मोटरसाइकल चोरी भएको हो ।
बिहेको भोज खान गएका दिलबहादुर थारुको मोटर साइकल चोरी भएको थियो । मोटर साइकल चोरी भएलगत्तै प्रहरीलाई जानकारी गराएको थारुले जनाएका छन् । उक्त नम्बरको मोटर साइकल फेला पार्नेले ९८६६२१४१३२÷९८४८३५२०३४ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।

  • २२ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech