नेपालगन्जमा दुई दिने सहजीकरण तालिम सुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज–बासका जिल्ला शाखा पदाधिकारीका लागि दुई दिने सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण सहजीकरण तालिम नेपागन्जमा सुरु भएको छ । बास केन्द्रीय कार्यसमितिको आयोजनामा आज (शुक्रबार) दुई दिने तालिमको उद्घाटन भएको छ । बासका जिल्ला शाखा पदाधिकारीलाई सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण सहजकर्ता तयार गर्ने उद्देश्य तालिमको आयोजना गरिएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै बासका केन्द्रीय महासचिव शिवकुमार बर्माले बासको शाखा सशक्तीकरण कार्यक्रम अन्तर्गत शाखाका पदाधिकारीका लागि आयोजना गरिएको तालिम उपयोगी हुने विश्वास व्यक्त गरे । बासले भ्रष्टाचारविरुद्धको अभियानलाई देश व्यापी रुपमा सञ्चालन गरिरहेका बेला तालिमले जिल्लामा अभियान सञ्चालन गर्न उर्जा दिने बताए ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा तालिमका सहभागीलाई फूल दिएर स्वागत गरेका थिए । बासका निर्वतमान अध्यक्ष मन भण्डारी, केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकी लगायत केन्द्रीय पदाधिकारी उपस्थित रहेको उद्घाटन कार्यक्रममा बासका बाँके, बर्दिया, सुर्खेत, दाङ, रोल्पा, सल्यान, रुपन्देही, दोलखा, रुकुम पूर्व, अर्घाखाँचीलगायत जिल्लाका ४० जना युवाहरुको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने तालिममा सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षणका विषयमा प्रशिक्षक नमस्कार शाह, रमेश सिटौला, हेमराज भट्ट, मन भण्डारी, लुना बुढाथोकीलगायतले प्रशिक्षण गर्ने छन् ।

  • २३ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech