वडा अध्यक्ष लामाको श्रद्धाञ्जली सभासहित अन्तिम बिदाइ

असल शासन प्रतिनिधि

नेपालगन्ज– नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विष्णुबहादुर लामाको श्रद्धाञ्जली सभासहित अन्तिम बिदाइ गरिएको छ । ५२ वर्षीय वडा अध्यक्ष लामाको उपचारकै क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा बिहीबार साँझ निधन भएको थियो । तत्कालीन नेकपा एमालेबाट निर्वाचित लामा जन्डिस, कलेजो सम्बन्धी समस्याले ग्रसित थिए ।

नेपालगन्ज उपमहानगरपालिकामा लामाको श्रद्धाञ्जलीसहित शोक गरिएको छ । २०५४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित वडा सदस्य रहेका लामा स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेबाट वडाअध्यक्षमा विजयी भएका थिए ।

  • २३ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech