रोटरीले गर्‍यो नयाँ सदस्यलाई अभिमुखीकरण

असल शासन प्रतिनिधि

नेपालगन्ज–  रोटरी क्लव अफ सेन्ट्रल बाँकेको आयोजनामा क्लवका सदस्यलाई लक्षित गरी शनिबार अभिमुखिकरण कार्यक्रम होटेल सिद्दार्थ भ्यूमा सम्पन्न भएको छ । नेपालगन्ज र सुर्खेत का गरी ३० जनाको सहभागिता रहेको सो कार्यक्रम रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष रोटरियन डा. कुमार शान शाहको अध्यक्षतामा भएको हो।

रोटरी डिस्ट्रिक ३२९२ नेपाल-भुटान क्षेत्र ५ का तालिम विभाग प्रमुख रोटरियन लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिलगायत आगामी कार्यकाल २०२१-२०२२  का तालिम विभाग प्रमुख रोटरियन खिमबहादुर कार्की र असिटेन्ट गभर्नर एवम् क्लबका सल्लाहकार रोटरियन कृष्ण पाण्डे ले अभिमुखीकरण गरेका थिए । कार्यक्रम संयोजक रोटरियन डा. नवीन बुढाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम रोटरी फाउण्डेशन, क्लब प्रशासन र जनमानसमा रोटरीको छविका बारेमा केन्द्रित थियो। कार्यक्रमको संचालन क्लबका महासचिव रोटरियन किशोर कृष्ण भण्डारीले गरेका थिए ।

  • २४ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech