टिकटकले लियो १३ वर्षीया करुणाको ज्यान

असल शासन प्रतिनिधि

कञ्चनपुर– टिकटकका कारण एक १३ वर्षीया किशोरीको ज्यान गएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाकी करुणा चन्दको टकटक बनाउने क्रममा ज्यान गएको हो ।

कक्षा ७ मा अध्ययनरत चन्दले टिकटकमा भाइरल बन्न माघ १२ गते स्टुलमा चढेर पंखामा डोरी बाँधेर उक्त डोरी घाँटीमा पनि बाँधिन । दुर्भाग्य सोही समयमा खुट्टामुनि रहेको स्टुल खस्न पुग्यो र करुणा पंखामा झुण्डिए ज्यान गयो ।

जि्ला प्रहरी कार्यालयका अनुसार उक्त समयमा करुणाका साथमा भाइ भए पनि उमेरले सानै भएकाले दिदी झुण्डिरहेको अवस्थामा पनि केही सहायता गर्न सकेनन् । तर हतारहतार खेतमा काम गरिरहेकी आमालाई भने घटनाबारे जानकारी गराउन पुगे। घटनाबारे सुनेर आमा हतारिँदै घरमा घरमा पुग्दा करुणाले प्राण त्यागी सकेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयले करुणाले दिउँसो टिकटक बनाएको भन्ने पुष्टि भएको जनाएको छ।  कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार घटनाबारे अझै अनुसन्धान भइरहेको छ। पोष्टमार्टम रिर्पाटले पनि झुण्डिएकै कारण उनको मृत्यु भएको पुष्टि गरेको उनले बताए ।

पछिल्लो समय दाङका २४ वर्षीय रमेश थापाको पनि टिकटक बनाउने क्रममा मृत्यु भएको थियो । गत पुस ४ गते झुलुंगे पुलमा झुण्डिएर टिकटक बनाउने क्रममा खसेर ढुंगामा बजारिँदा उनको ज्यान गएको थियो।

  • २४ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech