भ्रष्टाचारविरुद्ध निडर भएर उभिन चुकेको आग्रह

असल शासन प्रतिनिधि

नेपालगन्ज– युवा उर्जाशील शक्ति भएकाले भ्रष्टाचारविरुद्ध बोल्न डराउन नहुने वरिष्ठ पत्रकार तथा बासका सल्लाहकार पूर्णलाल चुकेले बताएका छन् । बासका जिल्ला शाखा पदाधिकारीका लागि दुई दिने सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण सहजीकरण तालिम समापनका अवसरमा चुकेले सो कुरा बताएका हुन् ।

तालिमपश्चात् सिकेका कुरालाई व्यहारमा उतार्नु पर्ने बताउँदै उनले भने,‘जिल्लामा गएर सिकेका कुरालाई व्यवहारमा उतार्दै भ्रष्टाचारविरुद्ध निडर भएर काम गर्नुस्।’ आफू सदाचारी बनेर अरुलाई पनि सदाचारको पाठ आजका युवाले नै सिकाउनु पर्ने चुकेको धारण रहेको थियो ।

दुई दशकदेखि भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था बासमा आवद्ध युवाले भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गर्ने सुअवसर पाएकोले त्यस अवसरलाई सदुपयोग गर्दै नागरिक वकालतमा ध्यान केन्द्रित गर्नु पर्ने चुकेले बताए ।

बासका अध्यक्ष रमेश सिटौला, केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकीलगायत केन्द्रीय पदाधिकारी उपस्थित रहेको उद्घाटन कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, दाङ, रोल्पा, सल्यान, रुपन्देही, दोलखा, रुकुम पूर्व, अर्घाखाँचीका ४० युवाको सहभागिता रहेको थियो । तालिममा सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षणका विषयमा प्रशिक्षक नमस्कार शाह, रमेश सिटौला, हेमराज भट्ट, मन भण्डारी, लुना बुढाथोकीलगायतले प्रशिक्षण दिएका थिए ।

  • २४ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech