अपडेटः गोली हानी छोरीको हत्या, गोठमा भेटियो शव

असल शासन प्रतिनिधि

बैतडी–जिल्लास्थित पुर्चौडी नगरपालिका १० महरागाँउका ५५ वर्षीय धनबहादुर महराले आफ्नै विवाहित छोरीको गोली हानी हत्या गरेका छन् । माइत आएकी २० वर्षीया बेलमती महरा धामीको घाँटीमा गोली हानी हत्या गरेका हुन् ।

घटनास्थलमा पुर्चौडीस्थित पुरघाट प्रहरी चौकीबाट प्रहरी टोली र इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली घटनास्थल पुगेको छ । आफन्त डम्मर महराका अनुसार घरमा अहिले कोही नभएको बताइएको छ । “मृतक युवतीको मुखबाट रगत बगीरहेको देखिएको छ, घरको घाँस राख्ने गोठ छेउमै शव भेटिएको छ । घरमा अहिले कोही छैनन्, ढोका सबै खुल्लै छन्, गाईबस्तुसमेत बाहिरै थिए । अहिले प्रहरी र हामीले गोठमा हालेका छौं ।”

बुवा धनबहादुर महरा भने फरार रहेका छन् । एक महिनादेखि देवकी माइतै रहेको बुझिएको छ । उनको १ वर्षको छोरा छन् । उनको घर पुर्चौडी ३ जोग्यौडा हो ।

  • २४ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech