अज्ञात महिलाको शव फेला, कसैले चिन्नु हुन्छ ?

असल शासन प्रतिनिधि

नेपालगन्ज– एक अज्ञात महिलाको शव भारतमा फेला परेको छ । आइतबार भारतस्थित पयागपुर इकौना रोड, बडका पुलको तल पानीमा डुबेको अवस्थामा अन्दाजी ३० देखि ३५ वर्षीया महिलाको शव फेला परेको हो ।

निधार एवम् दाहिने आँखी भौंमाथि चोटको पुरानो खत भएको, दाहिने हातमा S.K.P.नामको ट्याटु खोपेको, गहु गोरो, गोलो अनुहार, मोटो शरीर, करिब ५ फिट २ इन्च उचाइ भएको, निजले आकासे नीलो रंगको फ्राक सुट, बादामी रंगको लेगिज लगाएको, खुट्टामा बिछुवा लगाएको, दुवै हातमा रातो रंगको दुई-दुई वटा चुरा (कंगन) लगाएको, पहेलो रंगको कडा, निधारमा टीका र सिउँदोमा सिन्दूर लगाएको, दाहिने हातको बीच औंलामा शनि लेखेको औंठी लगाएको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

निजको पहिचान खुली नसकेकाले चिन्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।

 

  • २५ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech