प्रेमिका हत्या आशंका गरिएका वडा अध्यक्षमाथि मुद्दा

असल शासन प्रतिनिधि

कैलाली / आफ्नै प्रेमिका हत्याको आरोप लागेका वडा अध्यक्ष निरज चौधरी माथि आत्महत्या दुरुत्साहन मुद्धा दर्ता भएको छ ।
गौरीगंगा नगरपालिका वडा नम्बर ३ कैलालीका अध्यक्ष चौधरी बिरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्धा दायर भएको प्रहरी कार्यालय कैलालीले जनाएको छ । माघ २५ गते आईतबार वडा अध्यक्ष चौधरीको घरमा अन्जिता चौधरी झुण्डीएको अवस्थामा फेला परेकी थिईन् । वडा अध्यक्ष र मृतक अन्जिताको बिचमा प्रेम सम्बन्ध रहेको र उनको हत्यामा वडा अध्यक्षको संलग्नता रहेको आरोप अध्यक्ष चौधरीमाथि लाग्दै आएको छ । यसरी वडा अध्यक्षको घरमा युवति झुण्डीएको अवस्थामा भेटिएपछि आईतबार नै वडा अध्यक्ष चौधरीलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

  • २६ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech