नेपालगन्जमा तीन दिने थेटर कार्यशाला

असल शासन प्रतिनिधि

नेपालगन्जमा तीन दिने थेटर कार्यशाला

नेपालगन्जमा तीन दिने थेटर कार्यशाला सुरु भएको छ । बास नेपालगन्जको आयोजनामा अभिनयमा अभिरुचि भएका युवालाई लक्षित गरी सो कार्यशालाको आयोजना गरिएको हो । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा मंगलबार उद्घाटन गरिएको कार्यशालाको उद्घाटन सत्रमा बोल्दै बासका केन्द्रीय महासचिव शिवकुमार बर्माले युवाको रुचि र माग बमोजिम थेटर कार्यशाला आयोजना गरिएकोमा कार्यशालाको सफलताको शुभकामना व्यक्त गरे ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा कार्यशालामा समेटिने विषयबस्तुबारे प्रशिक्षक सकुन्तला शाहले जानकारी गराएकी थिइन् । कार्यशालाको उद्घाटन कार्यक्रममा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, पूर्व अध्यक्ष राजु लामिछाने, महासचिव शिवकुमार बर्मा, पूर्व केन्द्रीय सदस्य ध्रुबजंग शाह, बासका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, जनसम्पर्क अधिकृत मुना बिष्ट, प्रशासन अधिकृत रुपा चौधरी, बास बाँके शाखाका अध्यक्ष रविन्द्र बोहरालगायतको सहभागिता रहेको थियो । २० जनाको सहभागिता रहेको कार्यशाला माघ २९ गतेसम्म चल्ने छ ।

  • २७ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech