अध्यक्षमा निर्वाचित शिवलाई सम्मान

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ स्थित श्री आधारभूत विद्यालय पुरैनीको अध्यक्षमा निर्वाचित बासका केन्द्रीय महासचिव शिवकुमार बर्मालाई बासले सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको माघ २५ गते सम्पन्न भेलाले शिवकुमार बर्मालाई निर्विरोध अध्यक्षमा चयन गरेको थियो । विगत दुई कार्यकाल सोही विद्यालयको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हाली सकेका बर्मालाई पुनः तेस्रो कार्यकालका लागि निर्विरोध अध्यक्षमा चयन गरेको छ । सम्मान कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष बर्माले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा ध्यान दिएको बताए । उनले विद्यालयमा कम्प्युटर प्रणालीबाट अध्यापनको सुरुवात भएको बताउदै अबको कार्यकालमा विद्यालयको थप व्यवस्थापनमा जोड दिने बताए ।

कार्यक्रममा अध्यक्ष बर्मालाई अबिर र खादा लगाएर बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, पूर्व अध्यक्ष राजु लामिछाने, बासका कार्यकारी निर्देशक नमस्कार शाह, पूर्व केन्द्रीय सदस्य ध्रुबजंग शाहले बधाई ज्ञापन गरेका थिए ।

भेलाबाट विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा शिवकुमार बर्मा, सदस्यमा क्रमशः राजकुमार कुर्मी, आल्मुन किंगरिया, भर्ती कुर्मी, देविका अर्याल, बिष्णु पौडेल, अदलिया कोरी र झल्लर खाँ चयन भएका छन् ।

  • २८ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech