कुरुम्वाङ र श्रेष्ठलाई प्रधानसेनापति प्रशंसा निशान तथा प्रशस्ति पदक

असल शासन प्रतिनिधि

नेपालगन्जः बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई प्रधानसेनापति प्रशंसा निशान तथा प्रशस्ति पदकबाट सम्मानित गरिने भएको छ ।
नेपाली सेनाले आफ्नो स्थापना दिवसको अवसरमा कुरुम्वाङ र श्रेष्ठलाई पदक दिने घोषणा गरेको हो । कुरुम्वाङ र श्रेष्ठले कोभिड—१९ नियन्त्रण, व्यवस्थापन, निदान र उपचारमा उल्लेखनीय भूमिका निभाएको भन्दै उक्त पदक दिने नेपाली सेनाले बताएको छ ।
कुरुम्वाङ र श्रेष्ठलाई महा शिव रात्रिको दिन फागुन २७ गते एक समारोहबीच पदक दिने सेनाले जनाएको छ ।

  • २९ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech