एकाबिहानै बाँकेमा दुर्घटना, एकको मृत्यु

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको नेपालगन्ज नर्सिङ होम नजिकै भएको सडक दुर्घटनामा परी घाइते भएका एक जना युवाको मृत्यु भएको छ । कुखुरा बोकेर आएको मोटरसाइकल र यात्रुवाहक मिनीबस एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
बिहीबार बिहान ५ बजेर ४० मिनेटमा भे१ख २९८४ नम्बरको मिनी बस र भे४प ८१८९ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । मोटरसाइकलमा सवार जानकी गाउँपालिका वडा नम्बर १ साईगाउँका असगर अलि राइनको मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएकोे हो ।
मोटरसाइकलमा सवार अर्का व्यक्ति भारतका सलमान राइन पनि सिकिस्त घाइते भएका छन् । घाइते राइनको मेडिकल कलेज, नेपालगन्जमा उपचार भइरहेको छ ।

  • २९ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech