२ छात्रालाई हायसले दियो ठक्कर, स्थानीयद्वारा तोडफोड

असल शासन प्रतिनिधि

नेपालगन्ज– कोहलपुरस्थित त्रिभुवन उमाविमा अध्ययनरत दुई छात्रालाई हायसले ठक्कर दिएको छ । नेपालगन्जदेखि दाङतर्फ गइरेको बा२ख ५७८ नम्बरको हायसले ठक्कर दिँदा उनीहरु सामान्य घाइते भएको स्थानीय विनोद पुनले बताए ।

यसैबीच छात्रालाई ठक्कर दिने हायसलाई स्थानीय तथा विद्यार्थीले तोडफोड गरेका छन् । दुर्घटनालगत्तै विरोधमा निस्किएको र्‍यालीले हायस तोडफोड गरेका हुन् ।

पछिल्लो समय स्कुलमा अध्ययन गर्न गइरहेका विद्यार्थीलाई अनियन्त्रित तवरले स्पीडमा कुदेका सवारीसाधनले ठक्कर दिन थालेपछि स्थानीयले त्यसको विरोधमा र्‍याली निकालेका हुन् । गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

  • २९ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech