रेडक्रस बाँकेको ३९ औं वार्षिक साधारण सभा सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाल रेडक्रस सोसाइटी बाँकेको ३९ आंै वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । साधारण सभाको जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै श्रीवास्तवले रेडक्रस जस्तो मानवीय सेवामा समर्पित सेवालाई थप सक्रिय बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले स्थानीय तहले रेडक्रस समन्वय र सहकार्य गरेर काम गरी रहेको बताए । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले कोभिड–१९ लगायत विपद व्यवस्थापनमा रेडक्रसले खेलेको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, रेडक्रस बाँके शाखाका सभापति गोर्वधन सिंह सम्झनालगायतले बोलेका थिए । कार्यक्रममा उत्कृष्ट उपशाखा सेवा पुरस्कारबाट बागेश्वरी उपशाखालाई सम्मानित गरिएको छ ।
यसैबीच २५ पटक भन्दा बढी रक्तदान गर्ने २८ जना स्वयम्सेवी रक्तदातालाई सम्मान स्वरूप नेपाल रेडक्रसको आजीवन सदस्यता प्रदान गरिएको छ । सभामा वार्षिक प्रगति प्रतिवेदन शाखाका मन्त्री अजिज अहमद सिद्दिकीले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

  • २९ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech