विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर

असल शासन प्रतिनिधि

नेपालगन्ज/बाँकेको एक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा कान, आँखा तथा दाँत सम्बन्धी चेकजाँच गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ स्थित श्री मावि महेन्द्रनगर भवनियापुर विद्यालयमा बिहीबार सञ्चालन गरिएको शिविरको लाभ विद्यार्थीलगायत स्थानीयले लिएका थिए । यसरी घरदैलोमै स्वास्थ्य शिविरको लाभ लिन पाउँदा अत्यन्तै खुसी लागेको सहभागी ज्येष्ठ नागरिकले बताएका थिए । उक्त शिविरमा करिब १ हजार बढीको स्वास्थ्य चेकजाँच गरिएको थियो भने कान, आँखा तथा दाँत सम्बन्धीका औषधि निःशुल्क रुपमा वितरण गरिएको थियो ।

रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जले आयोजना गरेको शिविरलाई ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगन्ज र मनकामना डेन्टल क्लिनिक नेपालगन्जले सहकार्य गरेको थियो । बासकी शोभा थापामगरले सञ्चालन गरेको कार्यक्रमको सभाध्यक्ष रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जका अध्यक्ष तथा ब्रिनोज कान स्वास्थ्य स्यहार केन्द्रका कार्यकारी अधिकृत पुरन थारुले गरेका थिए ।

कार्यक्रममा श्री मावि महेन्द्रनगरका प्रधानाध्यापक जगदीशप्रसाद दुवेदी, नेपाल शिक्षा महासंघका अध्यक्ष मनोज राजा श्रीवास्तव, रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जका उपाध्यक्ष प्रदीप शाह, कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्र नेपालग्जका उपाध्यक्ष प्रदीप शाह, बासका केन्द्रीय अध्यक्ष एवम् रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जका सदस्य रमेश सिटौला, रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जका भावी अध्यक्ष माधबी शाहलगायतले बोलेका थिए ।

 

  • २९ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech