जंगली जनावरको दाँत र बिनासहित ५ पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/कस्तुरीको बिना र जंगली जनावरको दाँतसहित बाँकेबाट ५ जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित लौटन थारुको घरबाट बिहीबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबाका ५२ वर्षीय लौटन थारु, सोही ठाउँका २६ वर्षीय कमल परियार, बढैयाताल गाउँपालिकाका २५ वर्षीय पार्वती थापा, सोही ठाउँका ४५ वर्षीय रामशरण थारु र जाजरकोटका २७ वर्षीय धनराज थापा रहेका छन् । पक्राउपरेका मध्ये पार्वती थापाले बोकेको रातो लेडिज ब्यागमा खैरो रङसहितको कस्तुरी र जंगली जनावरको दाँत फेला परेको थियो । बरामद सामग्रीसहित पक्राउपरेकालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय नेपालगन्जको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

  • ३० माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech