बालुवा तस्करसँगको झडपमा तीन प्रहरी घाइते

असल शासन प्रतिनिधि

काठमाडौं– बालुवा तस्कर गरिरहेका भारतीय र सशस्त्र प्रहरी बीच झडप भएको छ। वीरगन्जस्थित ओरिया खोलामा नेपाली भूमि प्रवेश गरी अवैध रुपमा उत्खनन गरिरहेका तस्करबीच झडप हुँदा दुई प्रहरी घाइते भएका छन् । घटना जगरनाथपुर गाउँपालिका वडा नम्बर एक पिपडाढीस्थित ओरिया खोलाको हो । झडपमा परी प्रहरीद्वय आयुष राय यादव, नरेश यादव र सुमन वस्ती घाइते भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

अवैध रुपमा बालुवा उत्खनन गरिरहेको भारतीय ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि आक्रमण भएको हो । सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोलीले बालुवा उत्खनन रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरुले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

ओरिया खोलाको नेपाली भूमि भए पनि भारतीय पक्षले दाबी गर्दै आएको छ । सो क्षेत्रमा बर्सेनि नेपाली नागरिक र भारतीयबीच झडप तथा विवाद हुँदै आएको छ ।

  • ३० माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech