आइपीएल अक्सन लिस्टमा सन्दीप, न्यूनतम मूल्य ६४ लाख

असल शासन प्रतिनिधि

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा नेपालबाट लेग स्पीनर सन्दीप लामिछाने मात्र अटाएका छन् । नेपालबाट सन्दीपससित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर र अभिनास बोहराले नाम दर्ता गराएका थिए । १४औं संस्करणको आइपीएलका लागि १८ फेब्रुअरीमा हुने अक्सन लिस्टमा सन्दीपको नाम मात्र परेको हो ।

आइपीएलका लागि १८ फेब्रुअरीमा अक्सन हुनेछ । जसमा बिक्री हुन सफल भए सन्दीपले न्यूनतम ४० लाख भारु अथार्त ६४ लाख नेपाली रुपैयाँ  पाउने छन् । लिलाम बढाबढमा गए उनको मूल्य अझ बढ्न पनि सक्नेछ ।

यद्धपि कुन टीम उनीप्रति सकारात्मक हुनेछ, त्यो भने निश्चित छैन । यसअघि उनले तीन सिजन दिल्ली क्यापिटल्सबाट खेले । जसमध्ये दिल्लीले दुई सिजनमा मात्र उनलाई खेलाएको थियो ।

यसपटक अक्सनमा किंग्स एलेभेन पञ्जावसँग सबैभन्दा धेरै ५३.२ करोड भारु खर्च गर्न सक्ने रकम छ । पञ्जावले ९ जनासम्म खेलाडी किन्न सक्नेछ । रोएल च्यालेन्जर्स बैंगलोरले १३ खेलाडी किन्न सक्ने अवसर छ ।

  • ३० माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech