भीरबाट जिप खस्दा दुई इन्जिनियरसहित चालकको मृत्यु

असल शासन प्रतिनिधि

लमजुङ/भीरबाट जिप खस्दा दुई इन्जिनियरसहित चालकको मृत्यु भएको छ । पूर्वी लमजुङको दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ का कर्मचारी लिएर फर्किंदै गरेको प्रदेश ३–०१–०२२च १३८३ नं. को जिप बिहीबार ताजेतर्फ जाँदै गर्दा भीरबाट खसेको थियो ।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा स्याङ्जा निवासी इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहु घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई रहेका छन् ।
त्यसैगरी घाइते हुनेमा धरान सुनसरीका इन्जिनियर सुनिलकुमार साह, दोर्दी गाउ“पालिका ६, ताजे घर भई सिमी गाउ“स्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ वर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ वर्षीया सुसना विक रहेका छन् । स्कुल बिदा भएपछि खाली रहेको सिटमा विद्यार्थीसमेत चढेका थिए ।

  • ३० माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech