नशाजन्य पदार्थ खुवाएर होटल सञ्चालिकालाई लुट्ने एक पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज– नशाजन्य पदार्थ खुवाएर होटल सञ्चालिकालाई लुट्ने एक व्यक्ति पक्राउ परेका छन् । कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडास्थित होटलमा नास्ता खाने बहानामा गएका ३५ वर्षीय प्रकाश शाहीले बदामको जुसमा नशाजन्य पदार्थ खुवाएर होटल सञ्चालिकालाई बेहोस बनाएका थिए । सञ्चालिका बेहोस बनेपछि शाहीले दुई तोला सुनको सिक्री र तीन लाख २० हजार रुपैयाँ लुटेर भागेका थिए ।

कालिकोट रास्कोट नगरपालिका १ निवासी शाही बाँकेको कोहलपुर नगरपालिका–३ किरणनालामा लुकिछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा बाँके प्रहरीले पक्राउ गर्न सफल भएको बताएको छ । पक्राउ परेका शाहीको साथबाट ५९ हजार रुपैयाँ नगद र भे४प ९५२५ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

  • १ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech