श्रीमानको हत्या, मुखमा विष दलिएको अवस्थामा श्रीमती बेहोस्

असल शासन प्रतिनिधि

उदयपुर– उदयपुरमा श्रीमान् हत्या गरेर श्रीमतीको मुखमा विष दलिएको अवस्थामा घर नजिकैको बारीमा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार मृत भेटिएका पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई रहेका छन् भने मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको अवस्थामा बेहोस रुपमा फेला परेकी थिइन् ।

घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका र उनको शरीरभरि विभिन्न स्थानमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताए।

राईलाई केही व्यक्तिले राति नै हत्या गरेको हुनसक्ने र निजकी श्रीमतीलाई पनि विष खुवाएर बेहोस बनाई बारीमा फालेर छाडेको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरेको छ।

केही व्यक्तिहरुसँग निजकी श्रीमतीको झगडा परेको र कुटपिटसमेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी शनिबार बिहानै राईको घरमा पुगेको थियो। घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ ।

  • १ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech