बाँकेमा कण्डम वितरण

असल शासन प्रतिनिधि

नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिका बसपार्कमा निःशुल्क रुपमा कण्डम वितरण गरिएको छ । कण्डम दिवसको अवसर पारेर स्वास्थ्य  कार्यालय बाँकेले जनचेतनामूलक सूचना प्रवाह गर्दै कण्डम वितरण गरेको हो । फेब्रुअरी १३ मा पर्ने अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरी बाँकेमा दिवस मनाइएको हो ।

भेरी अञ्चल अस्पताल र स्वस्थ कार्यालय बाँकेद्वारा सञ्चालित पाँच दिने अभियानमा विद्यालयमा अन्तर्क्रिया, जनचेतनामूलक कार्यक्रम गरिएको छ भने आइतबार पनि निशुल्क कन्डम वितरणलाई निरन्तरता दिने बताइएको छ ।

कार्यक्रमका सहभागी वक्ताले सुरक्षित यौन सम्पर्क र एचआइभीलगायतका गम्भीर रोगबाट कण्डमले बचाउने भएकाले आमनागरिकलाई कण्डम प्रयोग गर्न आवश्यक रहेको बताएका थिए ।

  • १ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech