बेपत्ता खत्रीको शब टटुवा जंगलमा भेटियो

असल शासन प्रतिनिधि

नेपालगन्ज– केही दिनदेखि हराइरहेका हेमराज खत्रीको शव जंगलमा भेटिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरका २८ वर्षीय खत्रीको शव राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनास्थित टडुवाको जंगलमा शव फेला परेको हो।

खत्री माघ १४ गतेबाट सम्पर्कविहीन भएपछि परिवारका सदस्यले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। टडुवा गाउँका स्थानीय महिलाहरु घाँस काट्न जंगल गएका बेला बेवारिसे मोटरसाइकल देखेपछि नजिकैको प्रहरीमा खबर गरेका थिए।

प्रहरी पुगेर मोटरसाइकल स्थल वरिपरि खोजेपछि खत्रीको शव नजिकै फेला परेको इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुले जानकारी दिए। शव कुहिन लागेको र अनुहार पूरै कालो भएकाले  करिब ८/१० दिन अगाडि मृत्यु भएको हुन सक्ने उनले बताए। इन्चार्ज थारुले भने।

मृतक खत्रीकी पत्नी कल्पना ओलीले दुई दिनअघि मात्र नेपालगन्जमा पत्रकार भेटघाट गर्दै आफ्ना पति हेमराजको परस्त्रीसँग सम्बन्ध रहेको र सोही कारणले पटक-पटक घरमा विवाद उत्पन्न भएको बताएकी थिइन्। आफ्नो पतिलाई प्रेमिकाले नै बन्धक बनाएर राखेको हुन सक्ने आशंका जाहेर गरेकी थिइन् ।

  • १ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech