बॉकेमा साइरन सुरक्षा लागू, नेपालगन्जको बुद्ध टोलबाट परीक्षण सुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित बुद्धनगर टोलमा समुदायमा सुरक्षा साइरनको उद्घाटन गरिएको छ । बुद्धनगर टोल सुधार समितिको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बॉके र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा सुरक्षा साइरहनको उदघाट्न गरिएको हो ।

आइतबार एक कार्यक्रमकाबीच बुद्ध नगर टोलमा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले साइरन सुरक्षाको उदघाट्न गरिन । उदघाट्न गर्दे उपप्रमुख थापाले बुद्ध नगर टोलमा गरिएको यो परीक्षण सफल भए अन्य स्थानमा पनि विस्तार गरिने बताइन् ।

योजना सफल बनाउनको लागि बुद्धनगर टोलमा २५ जनाको समिति गठन गरिएको छ । गाउँ‘को बीच भागमा साइरन जोडिएको छ । साइरनसँ‘ग २५ जना समितिका सदस्यको मोबाइलको सम्पर्क जोडिएको छ । गाउँ‘मा कुनै अप्रिय घटना हुन लाग्यो अथवा असुरक्षाको अवस्था आयो भने एकजनाले मोबाइलमा जडित सुरक्षा बटन दबाउन बिक्तिकै सबैको मोबाइलमा आवाज पुग्छ । साथै गाउँ‘मा जडित साइरन पनि चर्को रुपमा बच्छ । त्यसैगरी दोस्रोपटक थिचे त्यो आवाज जिल्ला प्रहरी कार्यालय बॉकेसम्म पुग्ने र प्रहरी सुरक्षाका लागि तत्काल घटना स्थलमा पुग्ने जिल्ला प्रहरी कार्यालय बॉकेका प्रमुख ओम बहादुर रानाले बताए । उनका अनुसार बॉकेमा यो पहिलो अभ्यास भएता पनि यो अभ्यासलाई क्रमशः जिल्लाभर प्रभावकारी रुपमा सञ्चालन गरिने छ । यो प्रविधिको प्रयोगपछि जिल्लाको शान्ति सुरक्षामा सहयोग पुग्ने प्रहरी प्रमुख राईले बताए ।

बुद्धनगर टोलमा रहेका ३५ वटा घरलाई लक्षित गरेर बनाइएको यो प्रविधिको दायरा बढाउन योजनाबद्ध रुपमा काम भइरहेको छ । यो प्रविधि नेपालका वैज्ञानिक राम लक्ष्मण रिमालले १४ वर्ष अगाडि पत्ता लगाएका हुन् । सुरुमा काठमाण्डौं जिल्लाबाट सुरु गरिएको यो प्रविधिको उपयोगिता राम्रो भएपछि २५ जिल्लामा पहुँच पुगिसकेको छ ।

  • २ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech