दुई करोड हिनामिना गरेको भन्दै प्राविधिक सहायक निलम्बन

असल शासन प्रतिनिधि

हुम्ला– जिल्लाको सर्केगाड गाउँपालिकाका प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाही ९० दिनका लागि निल्बन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले शाहीलाई निलम्बन गरेका हुन् ।

शाहीमाथि २ करोड रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ । विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत उक्त रकम अनियमितता गरेको भन्दै निलम्बन गरिएको बताइएको छ । शाहीलाई निलम्बन नगरेको भए आफूविरुद्धको प्रमाण नष्ट गर्ने भन्दै प्रशासकीय अधिकृत आचार्यले शाहीलाई २०७७ माघ २९ गते बिहीबारदेखि निलम्बन गरेका हुन् ।

यता शाहीले आफूविरुद्ध लागेको आरोपको खण्डन गर्दै अधिकृत आचार्यले मदिरा सेवन गरेर गाउँपालिकाको लेटरप्याडको दुरुपयोग गरेर आफ्नो मानहानी गरेको बताएका छन् ।

  • २ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech