विनयजंग बस्नेत विरूद्ध सपनाले दिइन् जाहेरी

असल शासन प्रतिनिधि

नेपालगन्ज \ बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेत विरुद्ध उनकी सहकर्मी सपना रोका मगरले प्रहरीमा जाहेरी दिएकी छिन् । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन्।

अभद्र व्यवहारको मुद्दाको जाहेरी दिएकी सपनाले बस्नेतले युट्युबमा आफ्ना नाङ्गा तस्बिर राख्ने भन्दै धम्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिएका छन् । जाहेरी दर्ता भए पनि पुर्जी आएपछि बस्नेतलाई पक्राउ गरिने एसएसपी सिंहले बताए ।

  • २ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech