फरार २ अभियुक्त पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज–बाँके प्रहरीले आइतबार बहुविवाहका दुई अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय जयबहादुर गिरी र छाया गिरी रहेका छन् । उनीहरुलाई बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ४ निबुवाबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुलाई बहुविवाह मुद्दामा जिल्ला अदालत बाँकेले २०७७ कात्तिक ३० गते २ वर्ष कैद सजाय सुनाएको थियो । योसँगै जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत प्रहरी कार्यालयबाट ५२९ फरार अभियुक्त पक्राउ परेको जनाएको छ ।

  • २ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech