पोखरामा दुर्घटना : दुईको मृत्यु, एक गम्भीर घाइते

असल शासन प्रतिनिधि

पोखरा / पोखरामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पोखराको बुलौदी र हेम्जा याम्दीमा भएका छुट्टाछुटै दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी एक जना गम्भिर घाईते भएका छन् ।बुलौदीमा आज राति १ बजे भएको दुर्घटनामा मटिट्टाखानकै २५ वर्षीयय दिवश गुरुङ घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । लेकसाइडबाट जिरो किलोमिटर तर्फ आउँदै गरेको ग १३ प ३९२५ नम्बरको मोटरसाइकल बुलौदीमा दुर्घटना हुदाँ स्याङ्जा फेदिखोला गाउँपालिका १ मट्टिखानका १९ वर्षीय विवेक क्षेत्रीको मृत्यु भएको जिल्ल प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।त्यसै गरी पोखरा २५ याम्दीमा भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका स्याङ्जा पुतलीबजार नगरपालिका ९ लामागे घर भई पोखरा ९ नागढुङ्गा बस्ने ४० वर्षका श्रीकृष्ण भण्डारीको मृत्यु भएको प्रवक्ता हमालले बताए ।भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । बाग्लुङबाट पोखरा आउँदै गरेको ध १ ज ९८८ नम्बरको ट्याक्सीले हेम्जा याम्दीमा ग १७ प ९१६२ नम्बरको भण्डारी सवार स्कुटरलाई ठक्कर दिएको थियो ।

  • ३ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech