‘म मौन नै ठीक छु..’

किरण कार्की

कविता

हात !
परेको पुष्पगुच्छा
ले,
खाली मन भरिने भए
फगत !
उपहार दिँदा
मात्रै !
मनको मित दरिने भए
अवर्णित !
कथालाई तिलाञ्‍जलि
अकथित !
प्रेमलाई श्रद्धाञ्जलि
दिई !
प्रेमको परिभाषा फेरौँ
लेनदेनलाई प्रमुखताले हेरौं
होइन भने !
निश्चल प्रेम के का लागि ?
अटल !
सम्बन्ध र सहृदयता के का लागि ?
भावना !
कठोर ढुंगा समिप पोखे भो त !
मुटु !
मणि–माणिक्यसँग जोखे भो त !
आखिर !
प्रेमको गन्तव्य धन रहेछ
परिवन्द !
मा पर्ने त केवल मन रहेछ
तसर्थ !
जे सही लाग्छ त्यहीँ गरौँ
तर !
बिन्ती छ प्रेमको बदनाम नगरौं ।

–नेपालगन्ज-४ बाँके

  • ३ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech