बाघको आक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु

असल शासन प्रतिनिधि

कैलाली\बाघको आक्रमणबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ५ स्थित अन्डैयामा पाटे बाघले आक्रमणमा गर्दा २५ वर्षीया कला धामीको मृत्यु भएको हो प्रहरीले जनाएको छ । पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकि धामीलाई बाघले आक्रमण गरेको हो । पाटे बाघ राजमार्ग क्षेत्रमा देखिदा जोखिम बढेको स्थानियले बताएका छन । भारतको दुधुवा नेशनल पार्कबाट पनि जंगली जनावरहरु आउने हुंदा थप जोखिम बढेको छ ।

  • ३ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech