वीरगञ्जबाट भारतमा डिजल चोरी–निकासी गर्न खोज्ने तीन जना ट्याङ्करसहित पक्राउ

असल शासन प्रतिनिधि

काठमाण्डाै \वीरगञ्जबाट भारतमा डिजल चोरी, निकासी गर्न खोज्ने तीन जना ट्याङ्करसहित पक्राउ परेका छन् ।

ना ७ ख १५ ११ नम्बरको ट्याङ्करबाट १३ सय लिटर डिजल भारततर्फ अवैध निकासी गर्न लागेको अवस्थामा वीरगञ्जको आईसीपी मूल गेट नजिकैबाट मकवानपुरका रामकृष्ण उप्रेती, अशोक पाख्रिन र पर्साका शम्भु महतोलाई प्रहरीले पक्राउ परेको हो ।

उनीहरुले भारततर्फ तेल चोरी गर्नका लागि विरगञ्जको श्वेता आयल ट्रेडर्सको ट्याङ्कर प्रयोग गरेका थिए । नेपालमा भन्दा भारतमा डिजलको मूल्य महँगो भएकाले चोरी, निकासी हुँदै आएको छ ।

 

  • ३ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech