गाउँपालिकाका अध्यक्षले लगाए विद्यालयमा ताला, परीक्षा रोकियो

असल शासन प्रतिनिधि

कालिकोट \ कालिकोटको पलाँता गाउँपालिकाका –१ खाडा जय खोलामा रहेको गणेश आधारभूत विद्यालयका विद्यार्थिहरुले परिक्षा दिन पाएका छैनन । गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले विद्यार्थीलाई बाहिर निकालेर विद्यालयका दुई वटा कोठामा ताल्चा लगाएपछि विद्यार्थिहरु परिक्षा दिनबाट बञ्चित भएका हुन ।

विद्यालयका प्रधानाध्यापक सर्पानन्द न्यौपानेका अनुसार आज सोमबारदेखि सञ्चालन गर्ने भनिएको परीक्षा भएको छ । दिउँसो कक्षा कोठामा बसिरहेका कक्षा ४ र ५ का विद्यार्थीलाई बाहिर निकालेर अध्यक्ष बमले दुई वटा कोठामा ताल्चा लगाएको प्रधानाध्यापक न्यौपाने बताए ।

अध्यक्षले मनोमानी रुपमा ताला लगाईदिएपछि परीक्षा अब ५ गतेबाट सुरु गर्ने निर्णय बिद्यालयले गरेको छ ।

कक्षा १ देखि ८ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा जम्मा ४९१ जना विद्यार्थी पढिरहेका छन्। भवन निर्माणको बिषयमा विवाद भएपछि अध्यक्षले तालाबन्दी गरेको हुनसक्ने विद्यालय श्रोतले जनाएको छ ।

 

  • ३ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech