स्थायी दर्ता प्रमाणपत्र बनाउँदै आएका नक्कली डाक्टर पक्राउ

असल शासन प्रतिनिधि

काठमाण्डौ \ नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता प्रमाणपत्रको सिफारिसमा हस्ताक्षर गर्ने एक जना पक्राउ परेका छन् । नक्कली डाक्टर बनेर उनले हस्ताक्षर गर्ने गरेको खुलासा भएपछि उनी पक्राउ परेका हुन ।

डाक्टर कृष्ण रिजालको सिफारिस फारामको अन्त्यमा अर्घाखाँचीका जितेन्द्र पन्थीले मेडिकल काउन्सिलको दर्ता नम्बर २३६४ लेखेर हस्ताक्षर गरिदिएका थिए ।

उनको हस्ताक्षर र काउन्सिलको दर्ता नम्बरमा शङ्का लागेर अनुसन्धान गर्दा उनले डाक्टर बनेको नक्कली प्रमाणपत्र लिएको र सिफारिस गरेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको छ । नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने क्रममा काउन्सिलमा स्थायी दर्ता भएको डाक्टरको हस्ताक्षर चाहिने व्यवस्था छ ।

  • ३ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech