तामाकोशी नदीमा बेपत्ता भएका सहचालकको शव फेला

असल शासन प्रतिनिधि

दोलखा \  दोलखा जिल्लाको विगु गाउँपालिका–४ स्थित बलिटार भन्ने स्थानमा ट्याक्टर दुर्घटनामा परी तामाकोशी नदीमा बेपत्ता भएका सोही ट्याक्टरका सहचालक अनन्त बहादुर खड्काको शव सशस्त्र प्रहरी बल, नेपालको गोताखोर टोलीले आज गते फेला पारेको छ ।

सोही जिल्लाको गौरीशङ्कर गाउँपालिका–५ बस्ने १४ वर्षीय खड्का गत माघ २० गते भएको ट्याक्टर दुर्घटनामा परी सो नदीमा बेपत्ता भएका थिए ।

उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव घटनास्थलदेखि ४ सय मिटर तल नदीमा डुबेको अवस्थामा फेला पारेको हो ।

एपीएफ टोलीले उनको शव स्थानीय प्रहरीलाई बुझाएको छ ।

 

  • ३ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech