भद्रपुरमा जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

असल शासन प्रतिनिधि

 झापा \ झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ गौरीशङ्कर बस्ने ५० बर्षीया सीता दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

केही दिनदेखि जलथलको चारकोसे जङ्गलबाट निस्किने जङ्गली हात्तीले त्यस क्षेत्रमा आतङ्क मच्चाउँदै आएको छ । आहारको खोजीमा निस्किँदै आएको हात्तीले दर्जनौँ घर भत्काइसकेको स्थानीयले बताएका छन् ।

प्रहरीका अनुसार कमलधाप रामपोखरी सामुदायिक वनमा सोमबार दिउँसो गाउँलेसँगै घाँस काट्न जङ्गल पसेकी उनलाई रैथाने हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • ३ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech