बिमा सम्बद्ध मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्जमा  सोमबार एक बिमा कम्पनीले बिमा सम्बद्ध मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ ।

सन् नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड, शाखा कार्यालय नेपालगन्जले आरोही खत्री बिमित रहेको बिमा रकम उपलब्ध गराएको हो । बिमा लेखको प्रस्तावक रेश्मी राना खत्रीको मृत्यु पश्च्यात निज मृतकका श्रीमान बिर बहादुर खत्री र बिमित आरोही खत्रीलाई ६२ हजारको चेक हस्तान्तरण गरिएकोे नेपालगन्ज शाखा प्रबन्धक कमल शाहीले बताए ।

गत मङ्गसिर १५ गते मृतक रेश्मी राना खत्रीको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा निधन भएको थियो ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका नेपालगन्ज शाखाका अभिकर्ताहरु, मार्केटिङ्ग म्यानेजरहरु साथै शुभचिन्तकहरु गरी करिब २० जनाको उपस्थिति रहेको थियो ।

  • ३ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech