बाँकेमा सेनाको बस दुर्घटना, दश सैनिक घाइते

असल शासन प्रतिनिधि

 

बाँके / बाँकेको राप्ती सोनारी गाँउपालिका–ठुरे जङ्गल स्थित सोमवार राति नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् ।

सोलु नाम्चेबाट कालिकोट संशेर गुल्मको लागि हिँडेको ना ५ ख ५५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राई सहित २३ जना सवारमध्ये १० जना घाइते भएका हुन् ।

उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकाहरुको नेपालगन्जको राझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech