घुस लिएको अभियोगमा पक्राउ

असल शासन प्रतिनिधि

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा नरेन्द्र चन्दलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार एक सेवाग्राहीलाई शेयर पुँजी बढाएको प्रमाणपत्र लिनका लागि लेखापढी व्यवसायी मार्फत रु आठ हजार घुस मागेको अभियोगमा पक्राउ गरिएको हो । लेखापढी व्यवसायी रामबाबु दाहालले कर्मचारीलाई मिलाउनुपर्छ भन्दै घुस दिन भनेका थिए ।

आयोगको टङ्गालबाट गएको टोलीले घुस रकम सहित नायब सुब्बा चन्द र लेखापढी व्यवसायी दाहाललाई विभाग परिसरबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रिसालका अनुसार आइतबार उनीहरू पक्राउ परेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको हो । आयोगले उनीहरूको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech