धनुषामा महिला मृत फेला, श्रीमान फरार

असल शासन प्रतिनिधि

जनकपुरधाम / धनुषाको कमला नगरपालिकामा मंगलबार एकजना महिला मृत अवस्थामा फेला परेकी छन् ।

कमला नगरपालिका २ माचिझिटकैयामा अन्दाजी ३५ वर्षकी संगीतादेवी गडेरी राउत मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए ।

घर नजिकैको खेतमा मृत अवस्थामा भेटिएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।संगीताको शव फेला परेपछि उनका पति खुशीलाल फरार भएका छन । घटनाबारे अनुसन्धान भइररहेको प्रहरीले जनाएको छ ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech