ढुंगाले हानेर श्रीमानद्वारा श्रीमतीको हत्या

असल शासन प्रतिनिधि

झापा/ झापाको भद्रपुरमा श्रीमानले ढुंगाले हानेर श्रीमतीको हत्या गरेका छन्।

भद्रपुर —७ बुथकरण चिया बगानको १० नम्बर क्वार्टरमा बस्ने ५८ वर्षीय साहेबा उराउले ६० वर्षीया श्रीमती फिल्सिता उराउलाई ढुंगाले हानेको प्रहरीले जनाएको छ ।

साहेबाले सामान्य विषयमा विवाद हुँदा श्रीमतीलाई टाउकामा ढुंगाले हानेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

श्रीमानको ढुंगा प्रहारबाट गम्भीर घाइते फिल्सिताको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।

मदिराले मातेर लठ्ठ भएको र बेसुरमा श्रीमतीलाई ढुंगा हानेको मृतकका श्रीमानले बयान दिएका छन ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech