विद्यार्थीको सहभागिता बढाउने अभियानमा मोहन

असल शासन प्रतिनिधि

 

बाँके / बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष आफ्नो विद्यालयको मुहार बदल्ने अभियानमा लागेका छन् ।

बाँके राप्तीसोनारी गाउँपालिका ८ बालापुर स्थित श्री जनशक्ति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गौतमले विद्यार्थीको विद्यालय छाड्ने दरमा कमी ल्याउन भूमिका खेलीरहेका छन् ।

२०७६ साल माघमा व्यवस्थापन समितिको अध्यक्ष बनेका मोहनको सक्रियता बढ्दै गएको छ । उनले विद्यालयमा पहिलो प्रथामिकता गुणस्तर शिक्षालाई दिएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमले आगामी तीन वर्ष भित्रमा जनशक्ति माविलाई नमुना विद्यालयको रुपमा स्थापित गरिने दाबी गरेका छन् ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech