बिद्यालयमा गुनासो पेटिका अनिवार्य राख्न निर्देशन

असल शासन प्रतिनिधि

काठमाण्डौं / बिद्यालयमा बिद्यार्थिहरुका गुनासा सुनुवाईलाई व्यवस्थित गर्न देश भरीका बिद्यालयहरुले अनिवार्य गुनासो पेटिका राख्नुपर्ने भएको छ ।
नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव विकास केन्द्रले देश भरीका सबै बिद्यालयहरुलाई फागुन ३ गते पत्राचार गर्दै अनिवार्य गुनासो पेटिका राख्न निर्देशन गरेको छ । मन्त्रालयले गुनासो पेटिकासँगै एक जना शिक्षकलाई लैंगिक सम्पर्क बिन्दु तोक्न समेत निर्देशन गरेको छ । सम्पर्क बिन्दु तोक्दा सम्भव भए सम्म महिला शिक्षकलाई जिम्मेवारी दिन भनिएको छ ।


पछिल्ला दिनहरुमा बिद्यालय उमेरका वालवालिकाहरुमाथि यौन दूब्यवहार, शोषण तथा लैंगिक हिंसाका घट्ना बढ्न थालेपछि मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । बिद्यालयमा वालवालिकामाथि हुने सबै प्रकारका लैंगिक हिसा न्यूनिकरण गर्न गुनासो सुनुवाई कार्यविधि २०७४, (संसोधन २०७७ सहित) लाई आधार मानि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको बताईएकोछ । कार्यविधिमा भएको ब्यवस्था र मन्त्रालयले गरेको सर्कुलरलाई सबै बिद्यालयले यथा सक्य कार्यान्वयनका ल्याउन देशभरीका बिद्यालयलाई निर्देशन गरिएको मन्त्रालयका महानिर्देशक बैकुण्ठ प्रसाद अर्यालद्धारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech