राजसंस्था माग्दै बाँकेमा गर्जिए राजावादी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ हिन्दू राष्ट्र र राजसंस्था पुनस्थापनाको माग गर्दै नेपालगन्जमा राजसंस्थावादी संगठनले विरोध प्रदर्शन गरेका छन् । मंगलबार नेपालगन्जका उपमहानगरपालिकाको परिक्रमा गरेर र्‍याली त्रिभुवन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने वक्ताहरूले संघीयता खारेजीको माग गर्दै हिन्दू राष्ट्र पुनस्र्थापना हुनु पर्नेमा जोड दिएका थिए । उनीहरूले राजसंस्था नै अबको विकल्प भएको बताउँदै पटक पटक आवाज उठाए पनि सुनुवाइ नभएकाले यथाशीघ्र माग सम्बोधन गर्न माग गरेका छन् । संघीयताले समाजमा फाइदा नपुग्ने भएकाले संघीयता खारेजीका लागि आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत वक्ताहरुले दिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शमशेर राणा, शिवसेनाका अध्यक्ष अनिल बस्नेत, राप्रपाका केन्द्रीय सदस्य ऋषि देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेललगायतले कोण सभालाई सम्बोधन गरेका थिए । विरोध ¥यालीलाई राष्ट्रवादी विकासशील अभियान बाँकेले पनि समर्थन गरेको थियो । हजारौं सख्यामा निस्किएको र्‍यालीमा आम नागरिकको समेत उपस्थिति रहेको थियो ।

तस्बिरहरुः जनक थापा

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech