पीडितले  न्याय पाउनु पर्छ

तपेन्द्र मलाती

गजल

सबै मिली  यस्तो नारा लाउनु पर्छ
सुनेर सरकार रोडमा  आउनु पर्छ ।

दोशी समात्न  नसक्ने कानुन देख्दा
लाग्छ अब त जनता नै धाउनु पर्छ ।

हिजो निर्मला  र  आज भागरथी सबै
पीडित जतिले  न्याय त  पाउनु पर्छ ।

कमिसन  खाँदै  दोषी  लुकाउनेलाई
कानुनको दायरामा   लगाउनु पर्छ ।

हो बलात्कार  गर्नेहरु जति सबैलाई
फाँसी दिने सक्ने कानुन बनाउनु पर्छ ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech