धम्बोजी चोकको विद्युत पोलमा आगो

असल शासन प्रतिनिधि

नेपालगन्ज /  नेपालगन्ज उपममहानगरपालिकाको धम्बोजी चोक नजिकैको विद्युत पोलमा लागेको आगो नियन्त्रणमा आएको छ ।

पोलमा लागेको आगो आधा घण्टापछि मात्र नियन्त्रणमा आएको हो । आगलागी भएलगत्तै स्थानीयले नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा फोन गरेर लाइन काट्न आग्रह गरेका थिए ।

दमकल आउन ढिला भएपछि स्थानीय र प्रहरीले माटोको सहायताले आगो निभाउने कोसिस गरेका थिए । आगलागीको कारण भने खुल्न सकेको छैन । सुरुमा सानो सानो आगोका झिल्का देखिएको र त्यसपछि एक्कासि आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्थानीय र प्रहरीले आगो निभाउने कोसिस गरेता पनि दमकलको सहायताले पूर्ण रुपमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech