सरस्वती मन्दिरमा ‘ज्ञानेन्द्र’को व्यक्तिगत खर्च

असल शासन प्रतिनिधि

शमशेरगन्ज– विद्यालयमा सरस्वती माताको मन्दिर नहुँदा श्रीपञ्चमी सरस्वती पूजाका दिन विद्यार्थीलाई मन्दिर खोज्दै टाढा जानु पर्ने बाध्यता थियो । सोही बाध्यतालाई मध्यनजर गर्दै राप्तीसोनारीका एक युवाले व्यक्तिगत खर्च गरेर मन्दिर बनाइदिएका छन् ।  राप्तीसोनारी गाउँपालिका वडा २ का  ज्ञानेन्द्रराज ओली(ज्ञानु)ले आफ्नै वडामा रहेको शमशेगन्जस्थित श्री दुर्गा भवानी माध्यामिक विद्यालयमा सरस्वती माताको मन्दिर निर्माण गरेका हुन् ।

करिब २ लाख २८ हजार रुपैयाँमा निर्माण भएको मन्दिरका लागि वडा नम्बर २ का सदस्यसमेत रहेका ओलीले वडा कार्यालयबाट पाउँदै आएको तलबभत्ताको रकम खर्च गरेर मन्दिर बनाएको बताए । उनले मंगलबार मंगलबार श्रीपञ्चमी सरस्वती पूजाको अवसर पार्दै वडा नम्बरका वडा अध्यक्ष मदन ओलीलगायतको उपस्थितिमा मन्दिरको उद्घाटन गरेका छन् ।  स्कुलमा सरस्वती माताको मन्दिर निर्माण भएपछि मन्दिर खोज्दै विद्यार्थीलाई भौँतारिनु पर्ने अवस्थाको अन्त्य भएको बताए ।

विगतमा विद्यालयको अवस्था एकदमै खराब भएका कारण कसैको सहयोग नहुने विद्यालयमा अहिले सबैको सहयोग र साथले राम्रो बन्दै गएको विद्यालयका प्रधानाध्यापक देवबहादुर थापाले बताए । ओलीले आफूलाई वडा सदस्य मात्रै नभएर एक कुशल समाजसेवीको पनि परिचय बनाउन सफल भएका छन् । उनले विभिन्न समयमा थुप्रै सामाजिक कार्य गर्दै आएका छन् । यसअघि ओलीले आफ्नो तलबभत्ताको रकमबाट गाउँमा प्रतीक्षालय निर्माण, सडक ग्राभेल, जिम क्लब, विपन्न विद्यार्थीलाई छात्रावृत्ति तथा मूर्ति स्थापनालगायतका कार्य गरिसकेका छन् ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech