कन्यैलाल नास्ता पसलमा आगलागी (भिडियोसहित)

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्जको भेरी अस्पताल अगाडि रहेको एक नास्ता पसलमा आगलागी भएको छ । कन्यैलाल नास्ता पसल बिहानै देखि सञ्चालन हुदै आएकोमा एकाएक पसलमा आगलागी भएपछि पसलमा कार्यरत कर्मचारी तथा ग्राहकबीच भागाभागको स्थिति उत्पन्न भएको थियो ।

ग्यास सिलिन्डर लिक भएर आगो लागेको र त्यसले नास्ता पसलमा बनाएको सबै नास्ता, बिजुलीको वाइरिङ्गका तारलगायत सामाग्री नष्ट भएका छन् ।

 

  • ५ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech